एनआइसी एसिया बैंकले ओम्नीच्यानल एप प्रणालीमा आधारित मोबाइल बैंकिङ एपको शुभारम्भ गरेको छ।
'डिजिटल फस्ट बैंक' बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले यस बैंकले ओम्नीच्यानल एप सार्वजनिक गरेको हो।
हालका एनआइसी एसिया मोबैंक प्रयोगकर्ताहरूले वर्तमान एनआइसी एसिया मोबैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन्। नयाँ ग्राहकहरूले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।
'सबथोक यसमै छ' भन्ने नाराका साथ सुरू गरिएको ओम्नीच्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ सेवाहरू सहज एवम् सरल रूपमा उपभोग गर्न सक्नेछन्। निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ।








