एनआईबीएल एस क्यापिटलले विदेशमा रहेका नेपालीलाई शेयर बजार सम्बन्धि तालिम प्रदान गरेको छ । क्यापिटलले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकहरुको लागि विद्मुतीय माध्यमद्वारा शेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको हो ।
माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देशयको साथ क्यापिटलले असार १७ गते यो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको साझेदारीमा त्यँहा उपस्थित सहभागिहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरिएको क्यापिटलले जनाएको छ ।








