राष्ट्र बैंकले दियो चार ठूला बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक सहमति


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले दियो चार ठूला बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक सहमति

काठमाडौं । राष्ट्र बैंकले  दियो चार ठूला बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक सहमति दिएको छ । बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोवल आइएमई–बैंक अफ काठमाण्डूलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको हो ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरमा जाने सम्झौता गरेका थिए । त्यस्तै, ग्लोवल आइएमई र बैंक अफ काठमाण्डूबीच असार २ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

हिमालयन बैंकसँगको मर्जर प्रकृया तोडिए पछि इन्भेष्टमेण्ट बैंकले मेगा बैंकसँग मर्जर सम्झौता गरेको हो । मेगा बैंकको १०० कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ९० कित्ता शेयर हुने गरी सम्झौतामा भएको थियो । मर्जर पछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेगरि सम्झौता भएको थियो । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३३ अर्ब हाराहारी पुग्नेछ ।

Read More
  • EBL Ad news