लघुबीमा कार्यविधि अझै बनेन, कम्पनी खोल्न करिब तीन दर्जन फाइल समितिमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लघुबीमा कार्यविधि अझै बनेन, कम्पनी खोल्न करिब तीन दर्जन फाइल समितिमा

काठमाडौं । लघुबीमा सञ्चालनका लागि अध्ययन कमिटिले प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि लघुबीमा सञ्चालन कार्यविधि अहिलेसम्म बनेको छैन । नेपालमा लघुबीमा कार्यक्रम निर्जीवन बीमा कम्पनी मार्फत गर्दै आएको भएपनि लघुबीमा कार्यक्रम प्रभावकारी नभएको प्रतिवेदन बीमा समितिमा बुझाइएको छ । 

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट मार्फत पनि लघुबीमा कार्यक्रमलाई अनिवार्य गरिने घोषणा गरेसँगै छुट्टै लघुबीमा कम्पनी खोल्नका लागि आवश्यक ऐन कानून तथा कार्यविधि बनाउने भनिएको थियो । तर, बीमा समितिले हालसम्म पनि लघुबीमा सञ्चालन कार्यविधि बनाउन नसक्दा नयाँ लघुबीमा सञ्चालन गर्ने कार्य अन्यौलमा परेको छ । लघुबीमा सञ्चालनका निमित्त कार्यविधि नबन्दै झण्डै तीन दर्जन कम्पनीहरुले बीमा समिति निवेदन भने दर्ता गरिसकेका छन् ।

Read More
  • MBL - below news