काठमाडौँ — वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभावको समस्या समाधान नभएपछि सबै प्रकारका ब्याजदर उकालो लाग्न थालेका छन् । सोही क्रममा ट्रेजरी बिल्सको ब्याजदर (बट्टादर) पनि ११ प्रतिशत पुगिसकेको छ । राष्ट्र बैंकद्वारा पछिल्लो पटक आह्यवान गरिएको ट्रेजरी बिल्सको ब्याजदर ११.०६ प्रतिशतसम्म पुगेको हो ।
२८ दिने अवधिको ट्रेजरी बिल्सको ब्याजदर १०.३४ प्रतिशत, ९१ दिनको ११.०६ प्रतिशत, १८२ दिनको १०.९६ प्रतिशत र ३६४ दिनेको १०.४७ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।ट्रेजरी बिल्ससँगै बैंकहरु बीचको सापटी अर्थात अन्तरबैंक कारोबारको ब्याजदर पनि ७ प्रतिशत हाराहारी पुगेको छ । ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशतसम्म पुगेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ७ प्रतिशतमा स्थायी तरलता सुविधा (एसएलएफ) लिएर उक्त रकम ट्रेजरी बिल्समा लगानी गरेको जानकारहरु बताउँछन् ।