ग्लोबल बैंक स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल बैंक स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

ग्लोबल आइएमई बैंकले 'ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान' अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ। 

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो।  

Read More
  • EBL Ad news