सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु. १,००,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ । 

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Read More
  • MBL