आ. व. २०७८ चैत मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरणमा आधारित लघुवित्त वित्तीय संस्थाहरुको त्रैमासिक स्थिति


  • KBL News Ad
  • ADBL
  • City Express
आ. व. २०७८ चैत मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरणमा आधारित लघुवित्त वित्तीय संस्थाहरुको त्रैमासिक स्थिति

लघुवित्त वित्तीय संस्थाहरुको संख्या पछिल्लो समयमा मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेतापनि शाखा विस्तारको क्रम भने जारी नै रहेको छ । २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७८ चैत मसान्तसम्ममा उक्त संख्या घटेर ६५ कायम भएको छ ।

६५ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन्भने बाँकी ६१ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्तसंस्थाहरु रहेका छन्। लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ चैत मसान्तमा ८.६३ प्रतिशतले वृद्धि भई ५ हजार २० पुगेको छ ।

सो अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ९.२१ प्रतिशतले वृद्धि भई ५७ लाख ७२ हजार र ऋणी संख्या ८.५३ प्रतिशतले वृद्धि भई ३२ लाख ४७ हजार पुगेको छ ।

आर्थिक वर्ष २०७८ चैत मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरणमा आधारित लघुवित्त वित्तीय संस्थाहरुको त्रैमासिक स्थिति

Read More
  • EBL Ad news