आदर्श लघुवित्तको आइपीओ सोमबार बाँडफाँट हुने


  • ADBL
  • City Express
आदर्श लघुवित्तको आइपीओ सोमबार बाँडफाँट हुने

काठमाडौं : आदर्श लघुवित्तको आइपीओ सोमबार (असार १३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा सोमबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यता, आदर्श लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३२३.४२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६ हजार २६१ जनाले मात्र सेयर हात पार्नेछन् । 
 

बाँकी १८ लाख ८६२ जनाको भने हात खाली हुनेछ । यसमा कुल १८ लाख ७ हजार १२४ जनाले २ करोड २ लाख ५० हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब २ करोड ५० लाख ९८ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । 

Read More