प्रभु बैंकको गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा शनिवार पोखरामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा कास्कीको सहयोग तथा समन्वयमा पोखरा न्यूरोडस्थित प्रादेशिक कार्यालयको परिसरमा सम्पन्न उक्त कार्यक्रममा ७५ जनाले रक्तदान गरेको बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।









