नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बाेनस बापतकाे १६ लाख ८० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।
कम्पनीकाे चैत्र ३० गते बुधबार सम्पन्न भएकाे २०औं वार्षिक साधारण सभाले कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।








