ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७लाख सम्म संरक्षित पुँजीफिर्ता कोषबापतको रकम प्राप्त गरेका छन् । बुधबार बैंकले संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले करिब ५७ लाख रकमप्राप्त गरेको हो ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको छ ।