बीमा समितिले आइतबार दिदै आएको बिदा कटौती गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
कम्पनीले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सर्कुलर जारी गर्दै बिदा कटौती गर्न निर्देशन दिएको हो ।
सरकारले २०७९ असार १ गते देखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै समितिले बीमा कम्पनीहरुलाई पनि आइतबारदेखि शुक्रबारसम्म कार्यालय खुला राख्न निर्देशन दिएको हो ।
समितिले सबै बीमा कम्पनीहरुलाई आइतबारदेखि विहिबारसम्म विहान १० बजे देखि अपरान्ह ५ बजेसम्म र शुक्रबार १० बजेदेखि ४ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।







