सेञ्चुरी कमर्सियल बैंक र अलफ्ट होटेलबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी कमर्सियल बैंक र अलफ्ट होटेलबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक (CCBL) र अलफ्ट होटेल काठमाण्डौं, ठमेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।


बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकहरु तथा बैंकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलको Nook, WXYZ / Re:Fuel रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफ्ट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका हुन्।

सेञ्चुरी कमर्सियल बैंकका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएमहरू छन् ।

Read More
  • MBL - below news