बिमा समितिले दियो ९ कम्पनीलाई मर्जरमा जान निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिमा समितिले दियो ९ कम्पनीलाई मर्जरमा जान निर्देशन

काठमाडौं । बिमा समितिले  ९ कम्पनीलाई मर्जरमा जान निर्देशन  दिएको छ । एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई समितिले मर्जमा जान वा सेयर बेच्न निर्देशन दिएको हो ।  दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्म गरिदिने चेतावनी समेत समितिले दिएको छ । 

यसमा ६ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो पत्र पठाइएको बीमा समितिले जनाएको छ । यस्तो पत्र पठाएकाेमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, आईएमई लाइफ, रिलायवल लाइफ, ज्योति लाइफ, सूर्या लाइफ, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

Read More
  • MBL - below news