राष्ट्र बैंकको कडाइपछि सेयर धितोमा जाने कर्जा १४ प्रतिशतले घट्यो


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकको कडाइपछि सेयर धितोमा जाने कर्जा १४ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा १४ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाले ९१ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

असार मसान्तमा बैंकहरुबाट जाने सेयर धितो कर्जा १ खर्ब ६ अर्ब २८ करोड ३९ लाख रुपैयाँ थियो । वैशाख मसान्तमा आइपुग्दा यस्तो कर्जा १४ प्रतिशतले घटेर ९१ अर्ब ४१ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।

Read More
  • EBL Ad news