सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ ।
बैंकले १० वर्ष अवधिकाे "१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९" काे नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनबाट आज (जेठ २७ गते, शुक्रबार) अनुमति पाएकाे हाे । निष्कासन गरिने कुल ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।








