राष्ट्र बैंकले सबै रेमिटेन्स कम्पनीको नियमित स्थलगत निरीक्षण गर्ने, विनियमावली तयार


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले सबै रेमिटेन्स कम्पनीको नियमित स्थलगत निरीक्षण गर्ने, विनियमावली तयार

नेपाल राष्ट्र बैंकले रेमिटेन्स कारोबार गर्ने कम्पनी तथा संस्थाको निरिक्षण तथा सुपरिवेक्षणको लागि नीतिगत ब्यबस्था गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त गरी विप्रेषणसम्बन्धी कारोवार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि 'विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७९' जारी गरेको हो ।

विनियमावलीको उदेश्य प्रचलित कानुनबमोजिमका व्यवस्था र राष्ट्र बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनको परिपालना भए नभएको परीक्षण गर्ने, विप्रेषकको समग्र वित्तीय अवस्थाको विश्लेषण गर्ने, विप्रेषकले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्था, विप्रेषकको कारोवारमा अन्तरनिहित जोखिम पहिचान तथा सोको व्यवस्थापनको परीक्षण गर्ने, र राष्ट्र बैंकबाट माग गरिएको वा बैंकमा पेश हुन आएको विवरण तथा जानकारीको अध्ययन र विश्लेषण गर्ने रहेको छ ।

Read More
  • EBL Ad news