काठमाडौं । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको विराटनगर महानगरपालिका वडा नंं.७ शनिमन्दिर चोक स्थित शाखा, उक्त स्थानबाट करीव १०० मीटर दुरी दक्षिण तर्फ धरान—विराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको छ । बैंकले उक्त शाखा स्थानान्तरण सम्बन्धी औपचारिक कार्यक्रम मिति २०७९ साल जेठ २४ गते मंगलवारका दिन सम्पन्न गरेको छ ।
उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र वैंकका संचालक श्रीमती सुषमा शर्मा वस्तीले संयुक्त रुपमा गरे । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको शहर विराटनगरमा अवस्थित उक्त शाखाबाट ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्नेछन् ।

 
                                    





