राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी

नेपाल राष्ट्र बैंक मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । 
इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको आजै दिउँसो ३ बजे बाँडफाँड गरिने बैंकले जनाएको छ । इच्छुक खरीदकर्ताले घटीमा ५० हजारदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
 

Read More
  • EBL Ad news