एक वर्षपछि कारोबारमा आएको हिमालयन बैंकको शेयरमा नेगेटिभ सर्किट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एक वर्षपछि कारोबारमा आएको हिमालयन बैंकको शेयरमा नेगेटिभ सर्किट

 

कारोबार रोकिएको करिब एक वर्षपछि पुनः खुल्ला भएको बजारमा हिमालयन बैंकको शेयर मूल्यमा पहिलो दिनमै नेगेटिभ सर्किट लागेको छ । सोमबार बजार खुले लगत्तै बैंकको शेयर मूल्य १० प्रतिशतले घट्दै बन्द हुनपुगेको हो ।

कारोबार शुरु भएको १५ मिनेटमा नै सर्किट लागेको बैंकको शेयर सो अवधिमा ६८ आदेश मार्फत घटेको मूल्यमा १४ हजार ४६४ कित्ता बिक्रीमा रहेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता भएर पनि भाँडिएको बैंकको शेयर दोस्रो बजारमा २०७८ वैशाख ३० गते अन्तिम पटक कारोबार भएको थियो । सो पछि आजै मात्र (२०७९ जेठ २३ गते) पुनः बैंकको शेयर कारोबार खुला भएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news