काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आवद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको हो ।
जसले उनीहरुको सम्पूर्ण चालू पूँजीलाई समेट्दछ, जसले गर्दा वितरकहरुलाई विशेष गरेर महामारी, तरलता आदि लगायतका कठिन समयहरुमा उनीहरुको वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाऊ पुग्न सक्छ । यसैगरी यसले ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपूर्ति आवद्धताहरु लागू गर्न पनि सहयोग गर्नेछ । विश्वव्यापी रुपमा कारोबारी बैंकिङ्ग व्यवसायको मध्यस्थतामा प्राप्त १५० वर्षभन्दा बढीको अनुभवका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय वाणिज्य तथा आपूर्ति आबद्ध वित्तीय समाधानको प्रमुख सेवा प्रदायक हो ।








