काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरूले पोखरास्थित अन्नपूर्ण केवलकारमा विशेष छुट पाउने भएका छन् । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन बैंक र केवलकारबीच छुट सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतासँगै अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले केवलकारको सेवामा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्ने भएका छन् । पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केवलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टप स्टेसन सराङकोटमा स्विइङ , स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरू उपलब्ध छ ।









