२१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गदै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
२१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार जारी गर्ने गरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्न तयारी गरेको हो । 
ट्रेजरी बिक्रीका लागि सार्वजनिक सूचना गरेको बैंकले सार्वजनिक बोलकबोलमार्फत बिलको बाँडफाँड गर्ने जनाएको छ । यद्यपि, १५ प्रतिशत बिल भने विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ । 
बैंकका अनुसार ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको छ ।

Read More
  • EBL Ad news