शाइन रेसुङ्गा बैंकको शाखा तौलिहवामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शाइन रेसुङ्गा बैंकको शाखा तौलिहवामा

बुटवल : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले बैंकको शाखा बिस्तारसँगै स्थानीयस्तरमा वित्तीय सेवाको पहुँच थप विस्तार हुने बताए। 

 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्तरीय र बिश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता अनुसार सहज बैंकिङ्ग सेवा प्रदान गर्ने बताए।

Read More
  • MBL - below news