ग्लोबल आइएमई बैंकद्वारा ३० करोड लगानीमा अत्याधुनिक भवन निर्माण शुरू


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकद्वारा ३० करोड लगानीमा अत्याधुनिक भवन निर्माण शुरू

भरतपुरमा ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण  शुरू गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे । 

बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताए । 

देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ । 

Read More
  • EBL Ad news