काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायण चौर, नक्साल, काठमाडौँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।








