राष्ट्र बैंकले हालका व्यवस्थामा कुनै फेरबदल नगरी तेस्रो त्रैमाशिक समीक्षा सार्वजनिक गरे पनि मूल्य वृद्धि र विदेशी मुद्रा सञ्चितीमा दबाब परेमा मौद्रिक नीतिलाई थप कस्ने स्पष्ट पारेको छ।
'मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखा परेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ,' मौद्रिक नीतिको तेस्रो त्रैमाशिक समीक्षामा भनिएको छ, 'तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ।'