पाल राष्ट्र बैंकले आर्थिक स्थायित्व कायम गर्न ब्याजदर बढाउँने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै आर्थिक स्थायित्वको लागि ब्याजदरको उपकरण प्रयोग गरिने उल्लेख गरेको हो ।
समिक्षामा आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने उल्लेख छ । मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने पनि राष्ट्र बैंकले जनाएको छ।