अभिकर्तालाई दिएको कर्जा असुल गर्न बीमा समितिको निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अभिकर्तालाई दिएको कर्जा असुल गर्न बीमा समितिको निर्देशन

बीमा समितिले बीमा अभिकर्ताहरूलाई वितरण गरिएको कर्जा असुल गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा कम्पनीहरूलाई सर्कुलर जारी गर्दै अभिकर्ताहरूलाई वितरण गरिएको सम्पूर्ण कर्जा असुल गर्न निर्देशन दिएको हो ।

 

समितिले जीवन बीमा कम्पनीहरुको बीमा अभिकर्ताहरुलाई प्रदान गर्दै आएको कर्जा तथा सापटी २०७९ असार मसान्त भित्र फरफारक गर्ने निर्देशन दिएको छ । 

सम्पुर्ण कर्जा असुली नभएकोले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट समेत बारम्बार ताकेता गर्न थालेपछि समितिले उक्त निर्देशन जारी गर्नु परेकाे जनाएकाे छ । 

समितिले यसअघि जीवन बीमा कम्पनीहरूलाई २०७८ साल असार मसान्तभित्र बीमा अभिकर्ताहरूलाई वितरण गर्दै आएको कर्जा तथा सापटी फरफारक गर्न निर्देशन दिएको थियो ।

Read More
  • MBL - below news