काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न भएको छ । सोमबार बैंकले २७ अर्ब २० करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
बैंकका अनुसार २८ दिन अवघिका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिन अवधिका लागि २ अर्ब २३ करोड रुपैयाँ छुट्याइएको छ । १८२ दिन अवधिको लागि १२ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ३६४ दिनको अवधिका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।