पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा छुट पाउने भएका छन् ।
बैंक र अन्नपूर्ण केवलकार बीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले अन्नपूर्ण केवलकारमा छुट पाउने भएका हुन् । सम्झौता वमोजिम ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल वैंकिङ्गमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका हुन् ।







