जेठ ५, काठमाडौं । समृद्धि फाइनान्सले बुधवारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्टका रुपमा आबद्ध भई कारोबार गर्न शुरु गरेको छ।
नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटीजीएस सेवा सञ्चालमा आएको संस्थाका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराए।
कम्पनीले मुद्दति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ। कम्पनीले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने बताएको छ।








