काठमाडौं । शेयर बजारसम्बन्धी २ संस्थाले नेपाल राष्ट्र बैंकसँग ४ बुँदे माग राखेको छ । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पत्र लेख्दै यस्तो माग राखेका हुन् ।
पत्रमा ३२ सय अंकको हाराहारीमा पुगिसकेको अहिले २२५० को हाराहारीमा झरिसकेको र यसबाट बजारले १३ खर्ब गुमाएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराइएको छ । बजारलाई तत्काल उत्थान गर्नको लागि राष्ट्र बैंकले ४ बुँदामा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।