मर्जरमा जाने सम्झौता गरेका एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स कुन बलियो?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
मर्जरमा जाने सम्झौता गरेका एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स कुन बलियो?

बीमा कम्पनीहरुमा पहिलो पटक मर्जरको शुरुवात भएको छ । बीमा समितिले २०७६ सालमै बीमक गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेपनि बल्ल बीमा क्षेत्रमा मर्जरको शुरुवात भएको हो ।

बीमा समितिले पूँजी बढाउने नीति लिएसंगै बैशाख २२ गते बिहीबार एभरेष्ट इन्स्योरेन्स (EIC) र हिमालयन जनरल इन्स्योरेन्स बीच मर्जरमा जाने सम्झौता भएको छ । दुवै कम्पनीका संचालक समितिका अध्यक्ष तथा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले हस्ताक्षर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुबै कम्पनीको सम्पत्ती तथा दायित्व मूल्यांकन पछि मात्रै स्पाप रेसियो लगायतको विषमा टुंगो लगाउनेछन् । तर दुबै कम्पनीबीच १ बराबर १ को अनुपातमा मर्जर हुने तयारी रहेको स्रोतले जनाएको छ ।

सहमति पश्चात मर्जेरका अन्य आवश्यक कार्यहरु छिटै सम्पन्न गरि समितिले तोकिएको समयमै पूँजी पुर्याउने कम्पनीले कम्पनीले जनाएको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २०८० असार भित्रै २ अर्ब ५० करोड रुपैयाँ न्युनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएका छ । त्यस अनुसार पूँजी कामय गर्न दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको हो ।

Read More
  • EBL Ad news