वित्तीय क्षेत्र सबल बनाउन विश्व बैंकले नेपाललाई दियो साढे १८ अर्ब ऋण


  • KBL News Ad
  • ADBL
  • City Express
वित्तीय क्षेत्र सबल बनाउन विश्व बैंकले नेपाललाई दियो साढे १८ अर्ब ऋण

२१ वैशाख, काठमाडौं । नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।

वित्तीय क्षेत्रको स्थायित्व वृद्धि गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैंकबीच बुधबार अर्थ मन्त्रालयमा ऋण सम्झौतामा हस्ताक्षर भएको हो । यसलाई ‘वृद्धिका लागि वित्त नीति ऋण सम्झौता’ नाम दिइएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । यो सहायताबाट कोभिड १९ र जलवायु परिवर्तनका उदयमान जोखिम सम्बोधन गर्न सहयोग पुग्ने अर्थसचिव मरासिनीले बताए । उनले डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मुल प्रवाहमा ल्याउन समेत सहयोग केन्द्रित रहेको बताए । ...

Read More
  • EBL Ad news