काठमाडौं । पछिल्लो समय नेप्से परिसूचक घट्दो क्रम जारी छ । भदौ २ गते ३२ सय विन्दु पार गरेको बजार अहिले २३ सय दिन्दुको हाराहारीमा छ ।
नेप्से घटेसँगै अधिकांश कम्पनीको शेयर मूल्य पनि न्यून विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यसअघि परिसूचक उच्च विन्दुमा पुग्दाभन्दा अधिकांश कम्पनीको शेयर मूल्य झण्ड ४० प्रतिशत कम भएको छ ।
उक्त विन्दुमा नेप्से परिसूचक हुँदाको तुलनामा कम्पनीको शेयरमूल्य अहिले घट्नु त स्वभाविक नै हो । तर, प्रतिफल नदिने कम्पनीको तुलनामा वाणिज्य बैंकहरूको शेयरमूल्य न्यून विन्दुमा झर्नु चाही सामान्य हैन । प्रतिफल नै नदिने, प्रतिशेयर आम्दानी माइनस र प्रतिशेयर नेटवर्थ माइनसमा भएका कम्पनीहरूको शेयर मूल्य बजार घटेकै समयमा पनि ५०० भन्दा बढी हुँदा अधिकांश वाणिज्य बैंकहरूको शेयरमूल्य ४०० भन्दा कम छ ।