राष्ट्रिय बीमा नीति ल्याउदै बीमा समिति,बीमा क्षेत्र व्यवस्थित हुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय बीमा नीति ल्याउदै बीमा समिति,बीमा क्षेत्र व्यवस्थित हुने

बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउने भएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको बीमा क्षेत्रलाई नीतिगत रुपमा आवद्ध गराउन राष्ट्रिय बीमा नीति ल्याउन लागेको बताएका हुन् ।

‘मुलुकको बीमा क्षेत्रलाई नीतिगत रुपमा आवद्ध गराउन राष्ट्रिय बीमा नीतिको आवश्यक छ । त्यसको लागि हामीले अर्थमन्त्रालयसँग समन्वय गरिरहेका छौं ।’उनले भने,‘देशमा बीमाको पहुँच बढाउन आवश्यक सहयोग गर्न पनि बीमा नीति ल्याउन लागेका हो ।’

अध्यक्ष सिलवालले बीमा नीतिको ड्राफ्ट समेत तयार भएको जानकारी गराए । ‘हामीले राष्ट्रिय बीमा नीतिको ड्राफ्ट बनाएर अर्थमन्त्रालय पठाइसकेका छौं । अर्थमन्त्रालयबाट स्वीकृत भएपछि राष्ट्रिय बीमा नीति लागू हुन्छ ।’ उनले भने ।

देशका हरेक नागरिकले बीमाबाट प्रतिफल पाउन सकुन र बीमा जोखिमको बेलाको साथी बनोस् भनेर बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन लागेकाे उनको भनाई छ । यस्तै उनले मुलुकको बीमा व्यवसाय पनि व्यवस्थित हुने दाबी गरे ।

Read More
  • MBL - below news