सरकारले नै साढे १२ प्रतिशतसम्म ब्याज तिरेर आन्तरिक ऋण उठाउदै, नागरिक बचतपत्रको ब्याजदर नै ११ प्रतिशत पुग्यो


  • KBL News Ad
  • ADBL
  • City Express
सरकारले नै साढे १२ प्रतिशतसम्म ब्याज तिरेर आन्तरिक ऋण उठाउदै, नागरिक बचतपत्रको ब्याजदर नै ११ प्रतिशत पुग्यो

सरकारले नेपाल राष्ट्र बैंक मार्फत उठाउने आन्तरिक ऋणको ब्याजदर बढ्दै गएको छ। केन्द्रिय बैंकले प्रकाशित गरेको चाैथो त्रैमासमा उठाइने आन्तरिक ऋणको बोलकबोल तालिकामा साढे १२ प्रतिशतसम्म ब्याज दिने उल्लेख छ।

अहिले बैंकिङ्ग क्षेत्रमा तरलताको चरम अभाव रहेको कारण केन्द्रिय बैंकले महँगो ब्याजदरमा नै आन्तरिक ऋण उठाउन लागेको हो। महँगो ब्याजदरमा आन्तरिक ऋण उठाउँदा सरकारलाई भने ब्याज भार बढी पर्ने भएको छ।

गत वर्ष बैंकिङ्ग प्रणलीमा अधिक तरलता हुँदा केन्द्रिय बैंकले सस्तो ब्याजदरमा  यस्तो ऋण उठाएको थियो तर अहिले तरलता अभावको कारण बैंकहरुको समेत ब्याजदर बढ्दै गएको अवस्थामा महँगो ब्याजदरमा नै आन्तरिक ऋण उठाउन लागेको हो।

राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएकाहरुले आवेदन गर्न पाउने बैदेशिक बचतपत्रमा साढे १२ प्रतिशतसम्म ब्याजदर दिने भएको छ। केन्द्रिय बैंकले चौथो त्रैमासको आगामी असारमा जारी गर्ने ५० करोड रुपैयाँको बचतपत्रमा १२.५ प्रतिशत ब्याज दिनेभएको हो। केन्द्रिय बैंकले यो बचतपत्र आगामी ५ वषको लागि जारी गर्न लागेको हो। यो बचतपत्रमा पाँच वर्षसम्म १२.५ प्रतिशतका दरले ब्याज पाइने छ।

केन्द्रिय बैंकको तथ्याँक हेर्दा आर्थिक वर्ष २०६७र६८ यता बैदेशिक रोजगार बचतपत्रको ब्याजदर अधिकतम १०.५० प्रतिशत सम्म मात्रै पुगेको छ। तर अहिले तरलता अभाव चर्किएको कारण यस्तो बचतपत्रको ब्याजदर बढाएको हो।

यस्तै सर्वएसाधारण नागरिकले समेत भर्न पाउने नागरिक बचतपत्रमा पनि केन्द्रिय बैंकले ११ प्रतिशत ब्याज दिने जनाएको छ। केन्द्रिय बैंकले चौथो त्रैमासमा ३ अर्ब रुपैयाँभन्दा धेरैको बचतपत्र जारी गर्ने छ। यसको अवधि पाँच वर्षको रहने छ। केन्द्रिय बैंकले जारी गर्ने उक्त बचतपत्र खरिद गर्दा आगामी ५ वर्षसम्म ११ प्रतिशत ब्याज पाइने छ।

Read More
  • EBL Ad news