‘अर्थतन्त्र संकटउन्मुख रहेका बेला शेयर बजार बढ्छ भन्नु उचित हुँदैन’


  • KBL News Ad
  • ADBL
  • City Express
‘अर्थतन्त्र संकटउन्मुख रहेका बेला शेयर बजार बढ्छ भन्नु उचित हुँदैन’

लामो समयदेखि नेपाली शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । बजार घट्नुका कारणहरुबारे बजारमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। अहिले नेपाली बजारमा पैसाको अभाव रहेको छ । मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला शेयर बजार बढ्छ भन्नु उचित हुँदैन । शेयर बजार मुलुकको अर्थतन्त्र प्रतिबिम्ब गर्ने एउटा प्यारामिटर पनि हो ।   

अहिले नेपालको अर्थतन्त्रका सूचकहरु सबैजसो नकारात्मक दिशामा छन् । नेपालीहरु आयातमुखि प्रणालीमा निर्भर रहँदा निर्यात बढ्न सकेको छैन । हाम्रो आफ्नो उत्पादन छैन । पहिलेको कुरा गर्ने हो भने नेपालले धान, चामल निर्यात गर्थ्यो । तर, अहिले अर्बौँ रुपैयाँको चामल आयात भइरहेको छ ।  

अहिलेको अवस्था हेर्दा हामी के मा जोड गरिहेका छौं भन्ने कुरा नै थाहा छैन । नेपालीहरुको पैसा सबै आयातमा खर्च भइरहेको छ । भएको पैसा सबै आयतित वस्तुमा खर्च भएका कारण शेयर बजारमा पैसा आउन सकेको छैन । जबसम्म शेयर बजारमा पैसा आउँदैन, बजार बढ्ने भन्ने कुराको अपेक्षा गर्न सकिन्न।

Read More
  • EBL Ad news