राष्ट्र बैंकका गभर्नर अधिकारीको मुद्दामा आज पनि सर्वोच्चमा बहस हुदै


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकका गभर्नर अधिकारीको मुद्दामा आज पनि सर्वोच्चमा बहस हुदै

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज शुक्रबार पनि सुनुवाई हुदै छ । बिहिबार हेर्दा हेर्दैमा राखिएको मुद्दामा आज पुन: बहस हुन लागेको हो ।

आज  न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलाशमा  उक्त मुद्दाको सुनुवाई हुने भएको हो। यस मुद्दामा मंगलबार र बिहिबार  पनि बहस भएको थियो । आजको बहसपछि अदालतले गभर्नरको मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा आदेश दिने छ । 

यस अघि बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो । अदालतले उनलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो । त्यस्तै इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको  थियो। 

Read More
  • EBL Ad news