गभर्नर अधिकारीको रिट आजपनि हेर्दाहेर्दैमा, अर्को पेशी शुक्रबार


  • KBL News Ad
  • ADBL
  • City Express
गभर्नर अधिकारीको रिट आजपनि हेर्दाहेर्दैमा, अर्को पेशी शुक्रबार

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिनका लागि समिति गठनविरुद्ध दायर रिटमा अन्तरिम आदेशको निरन्तरतामाथिको बहस आज पनि सकिएन । यो मुद्दालाई आज हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि पेशी तोकिएको छ । यसअघि मंगलबार सुनुवाइका लागि दुवै पक्षलाई बोलाइएकोमा नसकिएपछि आजका लागि पेशी तोकिएको थियो । 

चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि कार्यक्षमताको अभाव र बैंकिङ सूचना चुहाएको आरोप लगाउँदै छानबिन गर्न समिति गठन गरेको थियो । अधिकारीले सो निर्णयविरुद्ध वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । 

Read More
  • EBL Ad news