डिजिटल मुद्रा ल्याउन गृहकार्य


  • KBL News Ad
  • ADBL
  • City Express
डिजिटल मुद्रा ल्याउन गृहकार्य

काठमाडौं  : नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा प्रचलनमा ल्याउन गृहकार्य सुरु गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले डिजिटल करेन्सी ल्याउन अध्ययन सुरु गरेको बताए।

पछिल्लो समयमा धेरै देशले क्रिप्टोकरेन्सीलाई वैधानिकता दिन थालेका छन्। नेपालमा क्रिप्टोकरेन्सी बन्देज छ। तर, विश्वमा बढ्दै गएको अभौतिक मुद्रा प्रचलनमा ल्याउने सम्भावनाबारे राष्ट्र बैंकले अध्ययन थालेको हो। क्रिप्टोमा नेपाली तथा विदेशमा बस्ने नेपालीले लगानी गरेको आशंका गर्दै राष्ट्र बैंकले गैरकानुनी भन्दै आएको छ। 

राजस्व अनुसन्धान विभागले केहीलाई अनुसन्धान गरी कारबाहीसमेत गरेको छ। अर्थ मन्त्रालयले क्रिप्टोकरेन्सी र हाइपर फन्डजस्ता नेटवर्किङ व्यवसायमा कारोबारबारे अनुसन्धान गरिरहेको छ। तर, दुई महिनाअघि नै प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा अझै अनुसन्धान पूरा हुन नसकेको जनाइएको छ।  राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर अधिकारीले डिजिटल करेन्सीतर्फ जाने उद्देश्यले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’सम्बन्धी अध्ययन गरिरहेको बताए।  ...

Read More
  • EBL Ad news