वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिक अंश आयात भुक्तानीमा गयोः राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिक अंश आयात भुक्तानीमा गयोः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक आजदेखि ६७ औं वर्षमा प्रवेश गरेको छ । २०७९ साल वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंक आजदेखि ६६ वर्ष पूरा गरी ६७ औं वर्षमा प्रवेश गरेको हो ।   

बैंकको वार्षिकोत्सवको अवसरमा देशको वर्तमान आर्थिक अवस्था र २०७८ सालमा यस बैंकबाट सम्पादन भएका महत्वपूर्ण कार्यहरू प्रस्तुत गरिएको छ । उक्त अवसरमा नेपाल राष्ट्र बैंकले  अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दबाब व्यवस्थापनमा गभर्नर महा प्रसाद अधिकारीले अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दबाब व्यवस्थापनमा नेपाल राष्ट्र बैंकको प्रयासबारे प्रस्तुत गरेका हुन् । 

अर्थतन्त्र पुनरूत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को सुरूआती महिनामा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण आर्थिक वर्ष २०७८/७९ को सुरूआतदेखि नै शोधनान्तर स्थिति घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । उक्त घाटा क्रमशः बढ्दै गएकोले विदेशी विनिमय सञ्चिति घट्न गएको छ । विदेशी विनिमय सञ्चितिको अवस्था सात महिनाको भन्दा कम समयको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबको अवस्थामा रहेको छ ।

Read More
  • EBL Ad news