बजारमा गएको थप ११अर्ब रुपैयाँ राष्ट्र बैंकमा फर्कियो, ६१९ अर्बको नोट चलनचल्तीमा


  • KBL News Ad
  • ADBL
  • City Express
बजारमा गएको थप ११अर्ब रुपैयाँ राष्ट्र बैंकमा फर्कियो, ६१९ अर्बको नोट चलनचल्तीमा

काठमाडौं । फागुन महिनामा मात्रै ११ अर्ब रुपैयाँ बजारबाट राष्ट्र बैंकमा फर्किएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न समयमा बजार पठाइएको सो रकम बैंकमा फिर्ता आएको हो । 

राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म बजारमा ६ खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो। चैत  मसान्तमा यो रकम घटेर ६ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ । विभिन्न कारणले राष्ट्र बैंकबाट बजारमा गएको पैसा पुनः बैंकमा नै फर्किएको छ ।

त्यस्तै एक महिनामा नेपाल राष्ट्र बैंकमा सुनचाँदीमा लगानी गर्ने रकम ४ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकको सुनचाँदीमा लगानी गर्ने रकम ८७ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । यो रकम फागुन मसान्तसम्ममा ९१ अर्ब ४८ करोड  रुपैयाँ रहेको थियो । 

 

Read More
  • EBL Ad news