मर्जर तोडेका हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश रोक्का हुने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जर तोडेका हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश रोक्का हुने

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । मर्जर तोडेको भन्दै राष्ट्र बैंकले यी दुई बैंकहरूलाई कारबाही गरेको हो ।

दुई बैंकबीच मर्जरमा जाने सहमति भएको थियो । तर मर्जर सम्पन्न नभइ भाँडियो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले दिएको जानकारी अनुसार दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का भएको छ ।

गत वर्षको वैशाख ३० गते मर्जरमा जाने सहमति गरेका दुई बैंक करिब एक वर्षसम्म पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news