ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाइसी प्रणाली सुचारु, भिडियो कलबाटै केवाइसी अपडेट गर्न सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाइसी प्रणाली सुचारु, भिडियो कलबाटै केवाइसी अपडेट गर्न सकिने

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली (न्ष्दीिष्खभद्यबलपष्लन) सुचारु गरेको छ । बैंक र डिजिटल नेटवर्क सोलुसन प्रा.लि.बीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वनका लागि भएको सम्झौतासँगै बैंकले भिडियो केवाइसी प्रणाली सुचारु गरेको हो । 

सो सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन् । बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरू प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरू ल्याउदै आएको छ । 

Read More
  • EBL Ad news