सिभिल क्यापिटल मार्केटमा नि:शुल्क खाता संचालन सेवा


  • KBL News Ad
  • ADBL
  • City Express
सिभिल क्यापिटल मार्केटमा नि:शुल्क खाता संचालन सेवा

सिभिल क्यापिटल मार्केट लिमिटेड (CIVIL)ले निःशुल्क खाता सेवा संचालनमा ल्याएकाे छ ।  २०७९ आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्रेशन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रूपैयाँ निःशुल्क गरिएको र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क ५०रूपैयाँ भने कम्पनीले लिने डिपि विभाग प्रमुख मणीराज काफ्लेले बताए ।

त्यसैगरी पीएमएस / कर्पाेरेट एड्भाइजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । पीएमएस/कर्पाेरेट एड्भाइजरी सेवामा २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट  हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि ३०वटा  आईपीओ, ३५ वटा आरटिएस, ३२ वटा राइट शेयर, २० वटा शेयर अक्सन विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानीकोष शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृत बताए। यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप खोल्ने, सदस्य खाता शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ लगायत परामर्श सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । याे योजना २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु हुनेछ ।

Read More
  • EBL Ad news