नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा मुक्तिनाथ बैंकका सीईओ पोखरेल विजयी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा मुक्तिनाथ बैंकका सीईओ पोखरेल विजयी

मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेलले नेपाल व्यवस्थापन संघ (MAN) को कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन्।

राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो। यस विजयबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको जनाएको छ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad