वैशाख ६, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्स लिमिटेडको शेयरमूल्यमा मंगलवार सकारात्मक सर्किट लागेको छ ।
नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३ हजार ११ दशमलव ४० पुगेको छ ।
धितोपत्रको दोस्रो बजारमा आएको दोस्रो दिनदेखिनै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।









